ऋण नतिर्ने १५० जनाको धितो लिलाम गर्दै एनआईसी एशिया बैंक


काठमाडौं । एनआईसी एशिया बैंकले ऋण नतिर्ने १५० जना ऋणीको धितो लिलामको लागि दोस्रो पटक ७ दिने सूचना निकालेको छ ।

सोमबार बैंकले एकसाथ १५० ऋणीको धितो लिलाम गर्न ७ दिन सूचना प्रकाशित गरेको हो ।

यसअघि धितो लिलामको लागि १५ दिने सुचना प्रकशित गर्दा बिक्री हुन नसकेपछि पुन ७ दिनका सूचना प्रकाशित गरेको हो। दोस्रो पटक सूचना प्रकाशित भएको ७ दिनमा पनि उक्त धितो लिलामी हुन नसकेमा बैंकले गैर बैकिङ सम्पतिमा सकार्नुपर्ने हुन्छ ।

ऋणीलाई ऋण तिर्न पटक पटक मौखिक सूचना र ऋण तिर्ने ३५ दिन सूचना प्रकाशित गर्दा पनि ऋण नतिरेपछि यसअघि नै धितो लिलामको १५ दिने सूचना प्रकाशित गरिसकेको बैंकले जनाएको छ ।

प्रकाशित मिति: १६ भाद्र २०८२, सोमबार  १३ : ५३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।