राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई पुस ७ गते मंगलबार अमेरिकाको राजदूतमा नियुक्त गरेकी छिन् ।
राष्ट्रपति भण्डारीले संविधानको धारा २८२ बमोजिम नेपाल सरकार, मन्त्रिपरिषदको सिफारिसमा खतिवडालाई अमेरिकाका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यलयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले जानकारी दिए ।
प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यकालमा राष्ट्रिय सभामा सदस्यमा मनोनित भई अर्थमन्त्री रहेका खतिवडाले अर्थमन्त्रालयको जिम्मेवारी निर्वाह गरेका थिए । राष्ट्रिय सभामा दुई वर्षको कार्यकाल सकिएपछि उनी प्रधानमन्त्रीका आर्थिक सल्लाहकारका रुपमा नियुक्त भएका थिए ।
आर्थिक सल्लाहकार रहेकै बखत खतिवडा राजदूतका लागि सिफारिस भएपछि शक्तिको आधारमा पद लिएको आरोप समेत खतिवडालाई लागेको थियो। यद्यपी संसदिय सुनुवाई र राष्ट्रपतिबाट समेत उनको राजदुत नियुक्ती सदर भएको हो ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया