हिमालयन क्यापिटलको हिमालयन ८०–२० योजनाले गत आवको १६.१६ प्रतिशत नगद लाभांश दिने


हिमालयन बैंक लिमिटेड कोष प्रबद्र्धक तथा हिमालयन क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको हिमालयन म्युचुअल फण्ड अन्तर्गतको प्रथम बन्दमुखी सामूहिक लगानी कोष योजना “हिमालयन ८०–२०” ले आर्थिक वर्ष २०८१/०८२ मा १६.१६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

योजना व्यवस्थापक हिमालयन क्यापिटल लिमिटेडको भाद्र १३ गते बसेको ७४औं संचालक समितिको बैठकले आर्थिक वर्ष २०८१/०८२ को नाफाबाट योजनाका ईकाइधनीहरुलाई कर सहित १६.१६ प्रतिशतको दरले हुन आउने रु १६,१६,००,००० (अक्षरेपी सोह्र करोड सोह्र लाख रुपयाँ ) प्रतिफलको रुपमा बितरण गर्ने निर्णय गरेको हो ।

हिमालयन ८०–२० योजनाले प्रदान गर्ने लाभांश प्रक्षेपण भन्दा ६ प्रतिशत अधिक र अनुमानित आन्तरिक प्रतिफल दर बराबर रहेको छ । अघिल्लो आर्थिक वर्षमा पनि प्रक्षेपित भन्दा अधिक लाभांस प्रदान गरेको योजनाले छोटो अवधिमा नै लगानीकर्ताहरुमध्य लगानीको एक उत्कृष्ट अवसरको रूपमा आफ्नो छाप छोड्न सफल भएको छ ।

निकट भविष्यमा खुल्लामुखी योजना संचालनमा ल्याउने तयारीमा रहेको हिमालयन क्यापिटल लिमिटेड को व्यवस्थापनमा रहेको हिमालयन ८०–२० योजनाले आगामी वर्षहरूमा पनि इकाईधनीहरूलाई उत्कृष्ट प्रतिफल दिने र लाभांशमा निराश नबनाउने लक्ष्य राखेको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार  १० : ३५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।