१ हजार रुपैयाँबाट भेटायोद्वारा काठमाडौंमा प्रोफेशनल एसी सर्भिसिङ सेवा सुरु


काठमाडौं । नेपालकै अग्रणी अनडिमाण्ड सर्भिस प्लेटफर्म भेटायोले काठमाडौं उपत्यकामा प्रोफेशनल एसी सर्भिसिङ सेवा सुरु गरेको छ । अब घर वा अफिसमा एसी बिग्रिएको वा मर्मत आवश्यक परे मात्र १००० रुपैयाँबाट सेवा लिन सकिनेछ । भेटायोको अनुसार यो सेवा मोबाइल एप वा फोन कलमार्फत सजिलै बुक गर्न सकिन्छ । बुकिङ गर्दा ग्राहकले आफूलाई अनुकूल हुने मिति र समय तोक्न सक्नेछन्, जसअनुसार दक्ष र अनुभवी प्राविधिकहरू तोकिएको समयमा घरमै पुग्ने व्यवस्था गरिएको छ ।

उच्च गर्मीको समयमा एसीले राम्रोसँग काम नगर्नु, पर्याप्त चिसो नआउनु, आवाज आउनु वा अत्यधिक बिजुली खपत हुनु सामान्य समस्या भएको भेटायोको भनाइ छ । यस्ता समस्या रोकथाम गर्न वा समाधानका लागि हरेक छ महिनामा वा कम्तीमा वर्षमा एकपटक एसी सर्भिसिङ गर्नुपर्ने कम्पनीले जनाएको छ । नियमित सर्भिसिङले एसीलाई दीर्घायु बनाउन, बिजुली खपत कम गर्न र सफा तथा चिसो हावा प्राप्त गर्न सकिने कम्पनीको दाबी छ ।

यस सेवाअन्तर्गत इनडोर र आउटडोर युनिटको डीप क्लिनिङमार्फत धुलो र फोहोर हटाइनेछ, फिल्टर सफा गरिने वा आवश्यक परे प्रतिस्थापन गरिनेछ, मुभिङ पार्टहरूमा ग्रीस लगाइनेछ, इलेक्ट्रिकल कनेक्शनहरू कसिनेछन् र सम्पूर्ण प्रणाली परीक्षण गरेर उच्च कार्यक्षमता सुनिश्चित गरिनेछ । भेटायोले आफ्ना ग्राहकलाई छिटो, भरपर्दो र गुणस्तरीय सेवा दिने प्रतिबद्धता जनाएको छ ।

प्रकाशित मिति: १७ भाद्र २०८२, मंगलबार  ११ : ३१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।