काठमाडौँ । एनआईसी एशिया इक्वीटी लिंकड इन्भेष्टमेण्ट स्किमको इकाई बाँडफाँडसम्पन्न भएको छ । एनआईसी एशिया क्यापिटल लिमिटेड निष्काशन तथा बिक्री प्रबन्धक र योजना व्यवस्थापक रही एन आईसी एशिया इक्वीटी लिंकड इन्भेष्टमेण्ट स्किमको पहिलो चरणमा बीज पूँजी सहित १० रुपैयाँ अंकित दरका ५ करोड इकाई साउन २९ गतेदेखि भदौ १२ गतेसम्म सार्वजनिक रुपमा निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।
उक्त समयमा बीज पूँजी सहित जम्मा ८२ हजार ८२८ जना आवेदकहरुबाट जम्मा ७४ करोड ३ लाख १६ हजार बराबरको इकाई खरिदको लागि अन्तिम आवेदन प्राप्त भएको थियो । जुन पहिलो चरणमा माग गरिएको इकाई भन्दा १.४८ गुणा भन्दा बढी रहेको छ ।
उक्त योजनाको इकाई निष्काशनको समयमा जम्मा ८२ हजार ८२८ आवेदकहरुबाट जम्मा ७ करोड ४० लाख ३१ हजार ६०० रुपैयाँ इकाई खरिदको लागि आवेदन प्राप्त भएकोमा ९१ जना आवेदकहरुबाट प्राप्त १४ हजार ६०० इकाई रितपुर्वक नदेखिएकोले बाँडफाँडमा समावेस नगरि जम्मा ८२ हजार ७३७ आवेदकहरुले रितपुर्वक माग गरेको जम्मा ७ करोड ४० लाख १७ हजार (बीज पूँजी सहित) इकाई माग गरे बमोजिम नै भदौ १६ गते सोमबार दिनको साढे ४ बजे निष्काशन तथा बिक्री प्रबन्धकको कार्यालय थापाथलीमा बाँडफाँड गरिएको छ ।












प्रतिक्रिया