ग्लोबल आइएमई लघुवित्तले एजिएमबाट स्पर्स लघुवित्तसँगको शेयर स्वाप अनुपात स्वीकृत गर्ने

0
Shares

ग्लोबल आइएमई लघुुवित्त वित्तीय संस्था (GILB) को आठौं वार्षिक साधारण सभाले स्पर्श लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्न गर्ने प्रकृयालाई मूर्त रुप दिने भएको छ । दुवै संस्थाको सञ्चालक समितिको आपसी समझदारीको आधारमा संयुक्त प्राप्ति समितिबाट निर्धारित शेयर स्वाप अनुपात पारित गर्ने भएको हो ।

ग्लोबल आइएमई लघुविक्त वित्तीय संस्थाको १ कित्ता शेयर बराबर स्पर्स लघुवित्तको ०.९० कित्ता कायम हुने गरी गरिएको शेयर स्वाप अनुपात लगायतका प्रस्तावलाई पारित गर्न लघुवित्तले पुस २९ गते बुधबार साधारण सभा डाकेको छ ।

सञ्चालक समितिको पुस ७ गते मंगलबार सम्पन्न बैठकले पुस २९ गते बिहान ९ बजे गेट वे हिमालय रिसोर्ट, बेसिशहर लमजुङमा सभा आयोजना गर्ने निर्णय गरेको हो ।

कोरोना भाइरस महामारीका कारण सरकारले तोकेको मापदण्ड बामोजिम भर्चुअल माध्यमबाट साधारण सभा सञ्चालन हुने कम्पनीले जनाएको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट चुक्ता पूँजीको २७.४७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.४५ प्रतिशत नगद लाभांश वितरण गर्ने सञ्चालक समितिको प्रस्तावलाई अनुमोदन गर्नेछ ।

यसैगरी कम्पनीको अधिकृत पुँजी वृद्धि गर्ने प्रस्ताव र सञ्चालकको भत्ता र सुविधा वृद्धि गर्ने प्रस्ताव पनि सभामा समावेश छन् ।

लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि लघुवित्तले पुस १५ गते बुधबार एक दिन शेयर दर्ता किताब बन्द रहने जनाएको छ । यसअनुसार पुस १४ गते मंगलबारसम्म नेप्सेमा शेयर कारोबार भई कायम हुन आउने शेयरधनी मात्र साधारण सभामा सहभागि हुन पाउनुका साथै लाभांश पाउन योग्य हुनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७७, बुधबार  ११ : ०३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।