लक्ष्मी लघुवित्तको साधारण सभा तय, १७ गते बुकक्लोज

0
Shares

लक्ष्मी लघुवित्त (LLBS) ले पुस २९ गते बुधबार नवौ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तको पुस ७ गते सम्पन्न सञ्चालक समितिको २५६ औँ बैठकले लघुवित्तको केन्द्रीय कार्यलय महारागञ्ज काठमाण्डौमा बिहान ११ बजे सभा डाकेको हो ।

कोरोना भाइरसका कारण सभा भर्चुअल माध्यमबाट सञ्चालन गरिने कम्पनीले जनाएको छ ।

सभामा सञ्चालक समितिले २०७६/७७ को कुल नाफाबाट चुक्ता पूँजीको १५ प्रतिशत बोनश शेयर र ८.१६ प्रतिशतका दरले नगद लाभांश विगरण गर्ने लगायतका प्रस्ताव स्वीकृत गर्नेछ ।

बैंकले लाभांश वितरण प्रयाजनका लागि शेयर दाखिला खारेजी पुस १७ गते शुक्रबार गर्ने भएको छ । यस अनुसार पुस १६ गते बिहीबारसम्म नेप्सेमा कारोबार भई कायम रहन आउने शेयरधनीहरुले मात्र सभामा सहभागि हुन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ८ पुस २०७७, बुधबार  १२ : ४९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।