वोमी माइक्रोफाइनान्सको आशलाग्दो प्रगति, जगेडाकोष २५० प्रतिशतले वृद्धि

0
Shares

वोमी माइक्रोफाइनान्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ६ करोड २७ लाख खुद नाफा गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ५६ प्रतिशत धेरै हो ।

अघिल्लो वर्ष वोमीले यस अवधिमा ४ करोड २ लाख रुपैयाँ खुद नाफा गरेको थियो । खर्च नियन्त्रण र कम्पनीको खुद ब्याज आम्दानी तथा सञ्चालन नाफामा आएको सुधारले लघुवित्तको समग्र नाफा बढेको हो । साथै कम्पनीले खराब कर्जाको अनुपातलाई समेत घटाएको छ ।

हाल दश करोड दश लाख ८८ हजार रुपैयाँ चुक्ता पूँजी रहेको माइक्रोफाइनान्सको जगेडा कोषमा १४ करोड ४२ लाख सञ्चित छ । कम्पनीको जगेडाकोष २५० प्रतिशले बढेको हो ।

माइक्रोफाइनान्सले यस अवधिमा ६१ करोड ९३ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । बिभिन्न बैंक तथा वित्तीय संस्थाबाट एक अर्ब एक करोड सापटी लिएको संस्थाले एक अर्ब ८४ करोड कर्जा प्रवाह गरेको छ ।

माइक्रोफाइनान्सले १२ करोड ८४ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो वर्षको भन्दा ५२ प्रतिशत बढी हो ।

निष्कृय कर्जा ०.५४ प्रतिशत रहेको माइक्रोफाइनान्सको प्रतिशेयर आम्दानी ६२ रुपैयाँ ८ पैसा छ। माइक्रोफाइनान्सकोे मुल्य आम्दानी अनुपात १८.१७ गुणा र प्रतिसेयर नेटवर्थ २४२ रुपैयाँ ६६ पैसा छ ।

पूँजी वृद्धिका लागि एक बराबर एक अनुपातमा हकप्रद बेच्न लागेको यस लघुवित्त नागरिक लघुवित्तसँग मर्जर प्रकृयामा समेत रहेको छ ।

वोमीले साउन ९ गतेदेखि एक बराबर एकको अनुपातमा हकप्रद शेयरको बिक्री खुला गर्ने भएको छ । हकप्रदबाट पूँजी वृद्धि पश्चात भने लघुवित्तलाई प्रतिशेयर आम्दानी सन्तुलन गर्न थप नाफा आर्जन गर्नुपर्ने अवस्था देखिन्छ ।

शतप्रतिशत हकप्रद बिक्रीपछि लघुवित्तको चुक्ता पूँजी २० करोड २१ लाख रुपैयाँ पुग्नेछ।