संयुक्त उर्जाले आइपिओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल नियुक्त


काठमाडौँ । संयुक्त उर्जा लिमिटेडले सर्वसाधारणका लागि जारी गरिने १०० रुपैयाँ अंकित दरका ४१ लख ६० हजार कित्ताले हुन आउने ४१ करोड ६० लाख रकम बराबरको साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । आइपिओ निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र संयुक्त उर्जाका तर्फबाट प्रबन्ध संचालक गोपाल प्रसाद निउरेले हस्ताक्षर गरेका हुन् ।

कम्पनीले म्याग्दी जिल्लाको रघुगंगा गाउँपािलकामा रहेको २१.३ मेगावाट क्षमताको ठूलो खोला जलबिद्युत आयोजना निर्माण कार्य सम्पन्न भई व्यापारिक उत्पादन शुरु भईसकेको छ ।

प्रकाशित मिति: १९ भाद्र २०८२, बिहिबार  १७ : १५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।