काठमाडौँ । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई स्वास्थ्य उपचार गर्दा स्वस्तिक कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलमा स्वास्थ्य उपचार गर्दा विशेष छुट उपलब्ध हुने भएको छ । छुट उपलब्ध गराउने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको हो ।
यस समझदारीसँगै बैंकका ग्राहकहरुले धनगढी, कैलालीमा रहेको उक्त हस्पिटलमा स्वास्थ्य उपचार गरी डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकका ग्राहकहरुले उक्त हस्पिटलमा विभिन्न उपचारसम्बन्धी सेवा लिँदा उक्त छुट सुविधा उपयोग गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहकहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।












प्रतिक्रिया