नेपालमै विश्वकै सबैभन्दा पातलो फोल्डेबल स्मार्टफोन – अनर म्याजिक प्रि–बुकिङ सुरु


काठमाडौँ । नेपाली उपभोक्ताले अब प्रतिक्षा गर्नुपर्दैन। विश्वकै सबैभन्दा स्लिम र शक्तिशाली फोल्डेबल स्मार्टफोन अनर म्याजिक अब नेपालमा उपलब्ध भएको छ। कम्पनीले यसका लागि आधिकारिक रूपमा प्रि–बुकिङ प्रक्रिया सुरु गरेको जनाएको छ।

केवल ८.८ मिलिमिटर मोटाइ भएको यस स्मार्टफोनमा ठूलो क्षमताको ब्याट्री, हल्का र आकर्षक डिजाइन तथा अल्ट्रा–स्मुथ फोल्डेबल ओएलइडी डिस्प्ले रहेको छ। नवीनतम स्न्यापड्रागन ८ एलाइट प्रोसेसरद्वारा सञ्चालित म्याजिकले उच्च प्रदर्शन र प्रिमियम फोल्डेबल अनुभव दिने बताइएको छ।

यसमा अत्याधुनिक कृत्रिम बुद्धिमत्ता सुविधा, ट्रिपल–क्यामेरा प्रणाली, र दीर्घकालीन ब्याट्री शक्ति समावेश छन्। यसले सहज मल्टिटास्किङ, उत्कृष्ट दृश्य र उच्चस्तरीय फोटोग्राफी अनुभव प्रदान गर्ने कम्पनीको दाबी छ।

पहिले नै विश्वबजारमा चर्चामा रहेको अनर म्याजिक अब नेपाली बजारमा पनि प्रि–बुकिङका लागि उपलब्ध भएको छ।

प्रकाशित मिति: २२ भाद्र २०८२, आइतबार  १२ : ३० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।