इन्धन भण्डारण बढाउँदै आयल निगम, नेपालगञ्जमा १४० किलो लिटरका ट्याङकी शिलन्यास


 

नेपाल आयल निगमले इन्धन भण्डार क्षमता विस्तार गर्ने क्रममा बिहीबार नेपालगंजमा १४० किलो लिटरको ट्याङकी निर्माण गर्ने भएको छ ।

इन्धनको बढ्दो मागलाई सम्बोधन गर्दै निगमले सातै प्रदेशमा भण्डारण क्षमता विस्तारलाई तीब्रता दिने क्रममा लुम्बिनी प्रदेशमा सो भण्डारण क्षमता बढाउन लागेको हो ।

निगमले लुम्बिनी प्रदेशको नेपालगन्ज डिपो परिसरमा इन्धन भण्डारणको लागी ७० किलो लिटरका दुई वटा अण्डग्राउण्ड टंकी निर्माण गर्न लागेको हो ।

निगमको सो नयाँ भण्डार ट्याङकीको उद्घाटन डिपो प्रमुख कमला न्यौपाने लगायत सम्पूर्ण कर्मचारीहरूको उपस्थितिमा हवाई इन्धन डिपो प्रमुख अजित कुमार पोखरेल शिलान्यस गरेका हुन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।