घट्दो बजारमा लगानीकर्ता होटलमा ‘सिफ्ट’, होटल सूचक करिब ५ प्रतिशतले बढ्यो

0
Shares

बुलिस बजारमा बैंकिङ्ग र बीमामा आर्कर्षित भएका लगानीकर्ता घट्दो बजारमा भने होटलतर्फ सिफ्ट भएका छन् । साताको अन्तिम कारोबार दिन बिहिबार नेप्से करिब ३० अंकले घट्दा लगानीकर्ताको पहिलो रोजाइमा होटलमा सूचीकृत कम्पनी परेका हुन् ।

बिहीबार नेप्से २९.८३ अंकले घटेर २ हजार ३८ दशमलव ६३ बिन्दुमा झरेको छ भने ठूला कम्पनीको सूचक मापक सेन्सेटिभ इन्डेक्स ३.७४ अंकले घटेर ३८६ बिन्दुमा बन्द भएको छ।

आज २०४ वटा कम्पनीको ९८ लाख ६० हजार ५३६ कित्ता शेयर ४७ हजार ९७६ पटकको कारोबारबाट ५ अर्ब ३६ करोड ९० लाख ४६ हजार ३२२ रुपैयाँको शेयर खरीद बिक्री भएको छ । घट्दो बजारमा लगानीकर्ताले बजार सूचक अझ वृद्धि हुने आशामा आफ्नो लगानीको रकम बिक्री गर्न नखोज्दा बुधबारको तुलनामा कारोबार रकम १ अर्ब ४९ करोड रुपैयाँले घटेको छ ।

बिहीबार कारोबारमा आएका १२ उपसमूहकमध्ये १० वटा उपसमूहको सूचक ऋणात्मक भएको छ भने होटलमा चमक आउँदा व्यापार उपसमूहको सूचक पनि सामान्य सकारात्मक देखिएको छ। जीबन बीमा सूचक ३.०३, निर्जीबन बीमा १.४७, लघुवित्त १.१६, बैंकिङ्ग १.१३ र जलविद्युत उपसमुहको सूचक १.०६ प्रतिशतले घटेको छ । बाँकी सामान्य घटेका छन् ।

  • नबिल बैंकको सर्वाधिक कारोबार

आजको बजारमा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । बैंकको सबैभन्दा धेरै ६१ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार हुँदा ४ लाख २५ हजार८७३ कित्ता शेयर खरीद बिक्री भएको छ ।

दोस्रो ठूलो कारोबार भएको नेपाल लाइफ इन्स्योरेन्सको ५९ करोड ८१ लाख, एनआइसी एशिया बैंक ३२ करोड २५ लाख, प्रभु बैंक २८ करोड २३ लाख, सिद्धार्थ बैंक २७ करोड २५ लाख र नेशनल लाइफ इन्स्योरेन्सको २१ करोड ४० लाख बढीको शेयर खरीद बिक्री भएको छ । पुनर्बीमा कम्पनी, एनसीसी बैंक, शिखर इन्स्योरेन्स र ग्लोबल आईएमई बैंकको १३ करोड बढीको शेयर कारोबार भयो ।

Symbol Turnover Closing Price
As of 2020-12-24 15:00:00
NABIL 614,965,941.00 1,425.00
NLIC 598,193,541.00 2,340.00
NICA 322,553,517.00 827.00
PRVU 282,334,278.00 375.00
SBL 272,579,126.00 385.00
NLICL 214,027,509.00 1,126.00
NRIC 183,436,602.00 1,376.00
NCCB 139,511,311.00 346.00
SICL 139,507,620.00 1,759.00
GBIME 131,907,615.00 359.00
  • होटलको मूल्य उच्च बढ्यो

बिहीबार सोल्टी र ओरियन्टल होटलको शेयरमूल्य ५ प्रतिशतभन्दा धेरैले बढेको छ । सरकारले बिस्तारै होटल क्षेत्र खुला गर्न थालेपछि नजिकिँदो नयाँ वर्षका कारण व्यवसायमा केही सुधार आउने अपेक्षा बढ्दै गर्दा लगानीकर्ता पुन होटलको शेयरतर्फ आकर्षित भएका हुन् ।

कोरोना भाइरस संक्रमणका कारण लामो समय होटल बन्द हुँदा होटलको शेयरमा न्यून आकर्षण रहँदै आएको थियो ।

यसैगरी माउन्टेन इनर्जी, पाँचथर पावरको शेयरमूल्य ४ प्रतिशत र सिद्धार्थ बैंक, ग्लोबल आइएमई बैंक, र नेपाल हाइड्रो भेभलोपरको शेयरमूल्यमा ३ प्रतिशत धेरै वृद्धि भएको छ । एभरेष्ट इन्स्योरेन्स संस्थापक, आरएमडिसी लघुवित्त, र एनएमबि ५० का इकाईधनी पनि शीर्ष कमाउने दश कम्पनीभित्र समेटिएका छन् ।

Symbol LTP Point Change % Change
As of 2020-12-24 15:00:00
SHL 205.00 11.00 5.67
OHL 489.00 24.00 5.16
MEN 391.00 18.00 4.83
PPCL 208.00 9.00 4.52
SBL 385.00 13.00 3.49
GBIME 359.00 11.00 3.16
NHDL 237.00 7.00 3.04
EICPO 280.00 8.00 2.94
RMDC 1,112.00 29.00 2.68
NMB50 10.35 0.25 2.48
  • समृद्धि फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै घट्यो

आजको बजारमा समृद्धि फाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै घटेको छ । फाइनान्सको शेयरमूल्य ८.११ प्रतिशतले घटेर १३६ मा झरेको छ ।

युनाइटेड इदिमर्दी, पञ्चकन्या माई हाइड्रोपावर, महिला सहयात्रा माइक्रोफाइनान्स र छ्याङदी हाइड्रोपावरको मूल्य पाँच प्रतिशतले बढीले घटेको छ। एनसीसी बैंक, नबिल बैंक, नेपाल लाइफ, नारायणी डेभलपमेन्ट बैंक र रिलायन्स फाइनान्स शीर्ष गुमाउने दश कम्पनीभित्र समेटिएका छन् ।

बजार घटेसँगै लगानीकर्ताको सम्पत्ति मापक सूचक बजार पूँजीकरण एकैदिन अर्बले घटेर २७ खर्ब ४२ अर्ब १७ करोड ८५ लाख रुपैयाँमा संकुचित बनेको छ । आज कारोबारमा आएका ३७ कम्पनीको शेयरमूल्य वृद्धि हुँदा १६ को स्थीर तथा १५१ कम्पनीको घटेको छ ।

Symbol LTP Point Change % Change
As of 2020-12-24 15:00:00
SFCL 136.00 -12.00 -8.11
UMRH 223.00 -15.00 -6.30
PMHPL 119.00 -7.00 -5.56
MSMBS 891.00 -52.00 -5.51
CHL 165.00 -9.00 -5.17
NCCB 346.00 -18.00 -4.95
NABIL 1,425.00 -64.00 -4.30
NLIC 2,340.00 -103.00 -4.22
NABBC 377.00 -16.00 -4.07
RLFL 165.00 -7.00 -4.07

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ९ पुस २०७७, बिहीबार  १८ : ४४ बजे