युवाहरुको प्रदर्शनका क्रममा भएको जनधनको क्षति अन्यन्त दुःखद


काठमाडौँ । मुलुकभर जेन जी पुस्ताले विभिन्न सुधारका माग राखि सञ्चालन गरेको प्रदर्शनका क्रममा भएको जनधनको क्षति प्रति नेपाल उद्योग वाणिज्य महासंघले गहिरो दुःख व्यक्त गरेको छ । प्रदर्शनका क्रममा ज्यान गुमाएकाहरु प्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दै परिवार जनमा समवेदना व्यक्त गरेको छ । साथै घाइतेहरुको सिघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

मर्यादित रोजगारी, स्वरोजगारी, सर्वसाधारण एवं उद्यमी व्यवसायीले तिरेको राजश्वको सदुपयोग लगायतका बिषयमा युवा पुस्ताले देखाएको चासोप्रति सम्वेदनशील हुन नेपाल सरकार, राजनीतिक दलहरु लगायत सम्बन्धित सबैमा हार्दिक आग्रह गरेका छन् । मुलुकमा थप निराशा र अशान्तिको वातावरण कही कतैबाट पनि सिर्जना नहोस र शान्तिपूर्ण आन्दोलन र त्यसक्रममा अनावश्यक वल प्रयोग नहुने तर्पm पनि महासंघ सम्वद्ध सबैको ध्यानाकर्षण गराएका हुन् ।

सामाजिक न्याय सहितको उच्च आर्थिक वृद्धिको वातावरण निर्माण गरेर मात्र उच्च ज्याला सहीतको मर्यादित रोजगारी सम्भव छ । आर्थिक गतिविधि चलायमान बनाउन र मुख्य पर्यटकीय समयमा नेपालबाट सकारात्मक सन्देश विश्वभर प्रवाह गर्न पनि हामी सबैले संयमित भै सम्वाद र सहकार्यका माध्यमबाट समृद्धि तर्पmको यात्रा तय गर्नुपर्छ ।

आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सरकार लगायत सम्पूर्ण सबै राजनीतिक दलहरु एवं जेन जी पुस्तामा अपील गर्दै युवाहरुको चाहना अनुरुप नागरिकको सरकारी सेवामा सहज र मर्यादित पहुँच, स्वतन्त्र भएर पेशा व्यवसाय गर्न पाउने अधिकारको सुनिश्चितता संगै लगानी एवं रोजगारी प्रवद्र्धनका लागि उपयुक्त वातावरण सिर्जना गरि समुन्नत समाज निर्माणमा योगदान पु¥याउन महासंघ सरोकारवाला सबैमा आग्रह गरेका छन् ।

प्रकाशित मिति: २४ भाद्र २०८२, मंगलबार  १४ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।