नेपाल स्टक एक्सचेन्जमा दुई दिन कारोबार बन्द


काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले भदौ २४ र २५ गते सेयर कारोबार बन्द गर्ने भएको छ। जेनजीको आन्दोलनले उग्ररुप लिएपछि भदौ २४ गते (मंगलबार) पनि कारोबार बन्द भएको थियो ।

यो साता दुई दिन मात्र कारोबार भएको छ । अब अवस्था सुधारिएमा आगामी आइतबारदेखि शेयर कारोबार खुल्नेछ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार  ०९ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।