सागर डिष्टिलरीको आईपीओ निष्काशन रोकियो


काठमाडौँ । सागर डिष्टिलरीले आजदेखि निष्काशन गर्न लागेको आईपीओ अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेको छ।

बुधबार एक सूचना जारी गर्दै कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले विषम परिस्थितिलाई मध्यनजर गरी उक्त सार्वजनिक निष्काशन प्रक्रिया अर्को सूचना जारी नभएसम्मका लागि आईपीओ स्थगन गरिएको जनाएको हो।

कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ११ करोड ९० लाख ६४ हजार रुपैयाँ बराबरको ११ लाख ९० हजार ६४० कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको थियो ।

प्रकाशित मिति: २५ भाद्र २०८२, बुधबार  ११ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।