काठमाडौँ । पूँजीबजार सुधार अभियानले सेयर कारोबारलाई तत्काल अस्थायी रुपमा स्थगित गर्न नेपाल धितोपत्र बोर्डसँग आग्रह गरेको । संलग्न संघ सस्थाहरुले शुक्रबार धितोपत्र बोर्डमा ज्ञापन पत्र बुझाउँदै बजारको स्थायीत्व र लगानीकर्ताको मागलाई ध्यानमा राखेर बजार बन्द गर्न माग गरेका हुन् ।
बोर्डलाई बुझाइएको ज्ञापन पत्रमा ‘पछिल्लो राजनीतिक घटनाक्रम, अस्थिरता र शान्ति सुरक्षामा देखिएका चुनौतीहरुले पूँजीबजारलाई गम्भीर रुपमा प्रभावित पारेको’ उल्लेख गरिएको छ ।
यसले गर्दा लगानीतर्काको मनोबल खस्किँदै गएको र बजारमा बिक्री चापको अवस्था सिर्जना भएर साना तथा नयाँ लगानीकर्ताले ठुलो क्षति व्यहोर्नु पर्ने ज्ञापन पत्रमा उल्लेख छ ।
साथै बजारको संवेदनशीलता र गलत सुचनाले पार्ने नकारात्मक असर नियन्त्रण गर्न र राजनीति स्थिरता कायम भएपछि बजारलाई थप सुधारोन्मुख गर्नको लागि यस्तो अनुरोध गरिएको जनाएको छ ।














प्रतिक्रिया