काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले अहिलेको जटिल अवस्थामा अत्यावश्यकीय वस्तुको आपूर्ति शृंखला खल्बलिन नदिन समेत संघले व्यवसायीहरुमा अपिल गरेको छ ।
एक प्रेस वक्तव्य जारी गर्दै संघले जेनजीको प्रदर्शनका क्रममा उद्यमी, व्यवसायी, उद्योग, प्रतिष्ठान, तिनका कार्यालय एवं निवासलाई तोडफोड एवं आगजनीको निशाना बनाइएबाट उद्यमी व्यवसायी भएभीत भएको बताएको छ ।
यस्तो घटनाबाट दीर्घकालसम्म व्यवसायमा हुने स्वदेशी र विदेशी लगानी प्रभावित हुने र समृद्धिको यात्रामा अवरोध आउने बताएको छ ।
‘अहिलेको जटिल अवस्थामा व्यावसायिक कर्तव्यबोधका साथ अघि बढ्न र अत्यावश्यकीय वस्तुको आपूर्ति शृंखला खल्बलिन नदिन समेत संघले व्यवसायीहरुमा हार्दिक अपिल गर्दछौं,’ विज्ञप्तिमा भनिएको छ,‘यसमा समन्वय र सहजीकरण गरिदिन सरोकारवालालाई आग्रह गर्दछौं ।’
युवा पुस्ताले भ्रष्टाचार नियन्त्रण, सुशासन र वाक् स्वन्त्रताको पक्षमा आह्वान गरेको प्रदर्शनका क्रममा भएको अकल्पनीय जनधनको क्षतिप्रति संघले दुःख व्यक्त गर्दै आन्दोलनका क्रममा ज्यान गुमाउनेप्रति श्रद्धाञ्जली तथा शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।












प्रतिक्रिया