काठमाडौँ । हालै घटेका विभिन्न दुःखद घटनाबाट भएको जिउधनको क्षतिप्रति महालक्ष्मी विकास बैंकले गहिरो दुःख व्यक्त गरेको छ। बैंकले एक विज्ञप्ति जारी गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारलाई धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भन्ने शुभकामना व्यक्त गरेको छ। साथै उपचाररत सम्पूर्ण घाइतेको शीघ्र स्वास्थ्य लाभको पनि प्रार्थना गरेको छ।
बैंकले घटनाबाट सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिप्रति दुःख प्रकट गर्दै चाँडै सरकार गठन प्रक्रिया टुंगिने र यसले मुलुकलाई शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायीत्व र सुरक्षाको दिशामा अघि बढाउने विश्वास व्यक्त गरेको छ।
घटनामा महालक्ष्मी विकास बैंकको पोखरा लेकसाइड शाखा रहेको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएको र त्यहाँबाट प्रवाह हुने बैंकिङ सेवा नजिकका शाखामार्फत लिन सकिने जानकारी दिइएको छ। लेकसाइड शाखा बाहेक अन्य सबै १०२ शाखा कार्यालयहरू पूर्ण रूपमा सञ्चालनमा रहेको र डिजिटल सेवा सुरक्षित रूपमा जारी रहेको बैंकले जनाएको छ।












प्रतिक्रिया