दुई कम्पनीको शेयरमूल्य समायोजन

0
Shares

नेप्सेमा दुई कम्पनीको शेयर मूल्य समायोजन भएको छ । सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मुक्तिनाथ विकास बैंक र सानिमा माई हाइड्रोपावरको बोनसपछि शेयर मूल्य समायोजन भएको हो ।

मुक्तिनाथ विकास बैंकको ११.२५ प्रतिशत बोनस पश्चात शेयरमूल्य समायोजन भएको हो । बोनस समायोजनपछि नेप्सेले बैंकको प्रतिकित्ता शेयरमूल्य ३४१ रुपैयाँ कायम गरेको छ ।

यसैगरी सानिमा माई हाइड्रोपावर १० प्रतिशत बोनस पश्चात समायोजन भएको हो । शेयर मूल्य समायेजनपछि सानिमा माईको प्रतिकित्ता ३०७ रुपैयाँ कायम भएको छ ।

आइतबार मुक्तिनाथको शेयर प्रतिकित्ता ३७९ रुपैयाँमा कारोबार भएको थियो । यसैगरी सानिमा माईको ३३८ रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।

दुबै कम्पनीको शेयर सोमबार समायोजित भउको मूल्यलाई आधार मानेर पहिलो कारोबार खुल्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १३ पुस २०७७, सोमबार  ११ : ०० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।