सामान्य बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा सोमबार सुनको मूल्य सामान्य बढेको छ । सोमबार सुनको मूल्य प्रतितोला १०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा २ लाख १५ हजार २०० रुपैयाँ कायम भएको छ । आइतबार सुनको मूल्य २ लाख १५ हजार १०० रुपैयाँ थियो ।

यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको हो ।
सोमबार चाँदी प्रतितोला २ हजार ५७५ रुपैयाँ कायम भएको छ । उक्त मूल्य हालसम्मकै उच्च हो । आइतबार चाँदी प्रतितोला २ हजार ५७० रुपैयाँ थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

सोमबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ३ हजार ६४४.२९ अमेरिकी डलर र चाँदी ४२.२८ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ३० भाद्र २०८२, सोमबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।