तोकिएको पूँजी नपुर्याउने बीमा कम्पनीलाई बीमा समितिले सोध्यो ७ दिने स्पष्टिकरण

0
Shares

बीमा समितिले तोकिएको चुक्ता पूँजी कायम नगर्ने बीमा कम्पनीहरुलाई ७ दिनभित्र लिखित स्पष्टिकरण बुझाउन निर्देशन दिएको छ । चित्त बुझ्दो जवाफ नआए कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

बीमा समितिले ७ वटा निर्जीवन बीमा कम्पनी र ५ वटा जीवन बीमा कम्पनी लाई स्पष्टिकरण सोधेको हो । पटक पटक समय थपेको समितिले अन्तिम पटक निर्जीवन बीमा कम्पनीलाई एक अर्ब र जीवन बीमा कम्पनीलाई २ अर्ब रुपैयाँ चुक्ता पूँजी ०७६ असारमसान्तसम्म कायम गर्न निर्देशन दिएको थियो ।

समितिले बीमा ऐन २०४९ को दफा १२ ‘क’ अनुसार असार मसान्तसम्म चुक्ता पूँजी कायम नगरेका कम्पनीहरुलाई सात दिनभित्र सन्तोषजनक कारण सहित लिखित स्पष्टिकरण सहित उपस्थित हुन निर्देशन दिएको हो ।

बीमा समितिका अनुसार चुक्ता पूँजी नपुर्याउने निर्जीवन बीमा कम्पनीमा युनाइटेड इन्स्योरेन्स, प्रुडेन्सियल इन्स्योरेन्स, एनएलजी,राष्ट्रिय बीमा कम्पनी, नेशनल र ओरियन्टल इन्स्योरेन्स रहेका छन् । यस्तै जीवन बीमा कम्पनीमा राष्ट्रिय बीमा संस्थान,सुर्या लाइफ,गुँरास लाइफ,प्राइम लाइफ र मेट लाइफ रहेका छन् ।