सातदोबाटो प्रहरी वृतलाई कान्तिपुर टोल विकासको सहयोग


काठमाडौँ । ललितपुरको नखिपोटमा रहेको कान्तिपुर टोल विकास संस्थाले महानगरीय प्रहरी वृत सातदोबाटोलाई सहयोग प्रदान गरेको छ ।

संस्थाले वृतलाई कम्प्युटर, प्रिन्टरका साथै फर्निचरका सामाग्री सहयोग गरेको हो । सहयोग सामाग्री संस्थाका अध्यक्ष जितेन्द्र बहादुर भण्डारीले वृतका प्रहरी नायब उपरिक्षक ‘डिएसपी’ रामकुमार यादवलाई हस्तान्तरण गरे । अहिलेको विषम परिस्थितीमा जनताको सुरक्षा गर्ने प्रहरीलाई सानो भएपनि सहयोग होस् भन्ने उद्देश्यले टोलबासीको तर्फबाट सहयोग हस्तान्तरण गरिएको भण्डारीले बताए ।

कार्यक्रममा डिएसपी यादवले विषम परिस्थितीमा जनताको सहयोगबाट आफुहरु पुःन उथ्थानमा लाग्न सहयोग पुगेको बताए । साउन २३ र २४ गते भएको विध्वंशनात्मक प्रर्दशनबाट सातदोबाटोस्थित् महानगरीय प्रहरी वृत समेत जलेर नष्ट भएको थियो ।

प्रकाशित मिति: ३१ भाद्र २०८२, मंगलबार  १२ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।