सिटिजन्स क्यापिटलको १६ प्रतिशत नगद लाभांश


काठमाडौं । सिटिजन्स क्यापिटलको १९औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट १६ प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पारित गरेको छ।

साधारणसभाबाट आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा–नोक्सान लगायत वित्तीय विवरण पारित भएको बैंकले जनाएको छ ।

साधारणसभाले आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसमेत गरेको छ ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार  ०९ : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।