हिमालयन बैंकको चाबहिल शाखा बालुवाटार स्थानान्तरण, नयाँ शाखा संचालनमा


काठमाडौँ । हिमालयन बैंक लिमिटेडले आफ्नो चाबहिल–२ शाखालाई स्थानान्तरण गर्दै काठमाडौं महानगरपालिका वडा नं.२, बालुवाटारस्थित एन.एल. कम्प्लेक्समा नयाँ शाखा स्थापना गरेको छ। अब उक्त शाखा बालुवाटार शाखाको नामबाट आजदेखि पूर्ण रूपमा बैंकिङ सेवा प्रदान गर्न थालेको छ।

नयाँ शाखाको औपचारिक शुभारम्भ हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले गरेका हुन्। कार्यक्रममा बैंकका उच्चपदस्थ कर्मचारीहरू र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो।

हाल हिमालयन बैंकले नेपालभर १७४ शाखा कार्यालय, २० विस्तारित काउन्टर, २८६ ए.टि.एम., ८,००० भन्दा बढी मेसिन तथा १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रमार्फत आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

हिमालयन बैंकले स्थानान्तरण गरिएको शाखाबाट थप आधुनिक र सहज सेवा प्रदान गर्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार  १० : १४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।