काठमाडौँ । नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेडले सर्वसाधारणका लागि २५,००,००० कित्ता साधारण शेयर निष्कासन गर्ने भएको छ। शेयर निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी लक्ष्मी सन्राइज क्यापिटल लिमिटेडलाई दिइएको छ।
यस सम्बन्धमा आयोजित एक औपचारिक कार्यक्रममा नर्भिक इन्टरनेशनल हस्पिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अजय कुमार मिश्र र लक्ष्मी सन्राइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन्।
नर्भिक इन्टरनेशनल हस्पिटल लिमिटेड सन् १९९३ मा ३० शैयाको सामान्य सुविधाको साथ सञ्चालनमा आएको स्वास्थ्य संस्था हो। हाल अस्पतालले २०० शैयासहितको बहु–विशेषज्ञ सेवासहित सञ्चालन गरिरहेको छ भने आगामी दिनमा यसलाई ३०० शैयामा स्तरोन्नति गर्ने तयारी भइरहेको जनाइएको छ।
नेपाल तथा विदेशका बिरामीहरूका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्दै आएको नर्भिक हस्पिटलले अत्याधुनिक पूर्वाधार र प्रविधिमा निरन्तर लगानी गर्दै आएको छ। यसले बिरामीहरूलाई काठमाडौंमै विश्वस्तरको उपचार सेवा उपलब्ध गराउने लक्ष्य लिएको छ।
शेयर निष्कासनपछि सर्वसाधारणले नर्भिक हस्पिटलमा प्रत्यक्ष लगानी गर्न पाउने छन्, जसले हस्पिटलको सेवा विस्तार र भविष्यका योजनामा थप सघाउ पुग्ने अपेक्षा गरिएको छ।












प्रतिक्रिया