नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस १५ गते बुधबार एकैदिन ११ कम्पनीहरुको शेयरमूल्य समायोजन भएको छ । यस दिन ४ विकास बैंक, ४ लघुवित्त कम्पनी, २ फाइनान्स कम्पनी र १ जलविद्युत कम्पनीको शेयरमूल्य समायोजन भएको हो।
गत आर्थिक वर्षको नाफाबाट वितरण गर्न प्रस्ताव गरेको बोनस वितरण र साधारण सभा प्रयोजनका लागि बुधबार बुकक्लोज गरेसँगै नेप्सेले बोनस समायोजन गरी नेप्सेले ११ कम्पनीको नयाँ मूल्य निर्धारण गरेको हो ।
बुधबार नबिल बैंक, ग्लोबल आईएमई बैंक, नेपाल एसबिआई बैंक, कृषि विकास बैंक, छिमेक लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, स्पर्श लघुवित्त, वोमी लघुवित्त, मञ्जुश्री फाइनान्स, श्री इन्भेष्ट फाइनान्स, ङादी ग्रुप पावर गरी ११ कम्पनीको शेयरमूल्य समयोजन भएको हो ।

यसअनुसार पुस १४ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले लाभांश पाउन र साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।
- कसको कति ?
नेप्सेले नबिल बैंक (NABIL) को ३३.५० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता १ हजार ३८ रूपैयाँ समायोजित शेयर मूल्य निर्धारण गरेको हो । बैंकको मंगलबार १ हजार ३ सय ८६ रुपैयाँमा भएको अन्तिम शेयर कारोबार मूल्यका आधारमा मूल्य समायोजन भएको हो ।
यसैगरी ग्लोबल आइएमई बैंक (GBIME) को १४ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ३०७ रूपैयाँ कायम भएको छ । मंगलबारको बैंकको शेयर ३५० रुपैयाँमा अन्तिम कारोबार भएको थियो ।
नेपाल एसबिआई बैंक (SBI) को ६ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ३८५ रूपैयाँ कायम भएको छ । बैंकको शेयर मंगलबारको ४०८ रुपैयाँमा अन्तिम कारोबार भएको हो ।
कृषि विकास बैंक (ADBL) को १५ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ४२४ रूपैयाँ कायम भएको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ४८८ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
छिमेक लघुवित्त (CBBL) को २२ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार १३५ रूपैयाँ कायम भएको छ । नेप्सेले लघुवित्तको मंगलबार भएकोको अन्तिम कारोबार मूल्य एक हजार ३८५ रुपैयाँका आधारमा बोनस समायोजन गरी नयाँ मूल्य तोकेको हो ।
वोमी लघुवित्त (WOMI) को ३० प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ७०३ रूपैयाँ समायोजित शेयरमूल्य निर्धारण भएको छ । लघुवित्तको ९१४ रुपैयाँमा अन्तिम कारोबार भएकोमा सोही अनुसार बोनस समायोजन भएको हो ।
ग्लोबल आइएमई लघुवित्त (GILB) को २७.४७ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १ हजार ३५९ रूपैयाँ निर्धारण गरेको छ । मंगलबार १ हजार ७३२ रुपैयाँमा अन्तिम कारोबार भएको आधारमा नेप्सेले बोनस समायोजन पछि नयाँ मूल्य तोकेको हो ।
इस्तै स्पर्स लघुवित्त (SPARS) को १९ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता ८१३ रूपैयाँमा शेयरमूल्य समायोजन गरेको छ । लघुवित्तको शेयर ९७२ रुपैयाँमा अन्तिम पटक कारोबार भएकोमा सोही मूल्यलाई आधार मानेर मूल्य समायोजन भएको हो ।
मञ्जुश्री फाइनान्स (MFIL) को पनि १८ प्रतिशत बोनस शेयरपछि प्रतिकित्ता ३२१ रूपैयाँमा शेयरमूल्य समायोजन भएको छ । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य ३७९ रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स (SIFC) को ७.३७ प्रतिशत बोनस शेयरपछि नेप्सेले प्रतिकित्ता १८६ रूपैयाँ शेयरमूल्य समायोजन गरेको हो । नेप्सेले मंगलबारको अन्तिम कारोबार मूल्य २०० रुपैयाँका आधारमा मूल्य समायोजन गरेको हो
ङादी ग्रुप पावर (NGPL) को १० प्रतिशत बोनस शेयर पछि नेप्सेले प्रतिकित्ता २१८ रूपैयाँ कायम गरेको छ । कम्पनीको मंगलबारको अन्तिम कारोबार मूल्य २४० रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया