आन्दोलनका कारण भएको क्षतिपछि पुनर्निर्माणमा लक्ष्मी टेक्नोप्लास्टको योगदान


काठमाडौँ । हालै नेपालमा भएको आन्दोलनका क्रममा भौतिक संरचनामा ठूलो क्षति पुगेको सर्वविदित तथ्य हो। यस्ता चुनौतीपूर्ण परिस्थितिमा देश पुनर्निर्माणका लागि हातेमालो गर्न ओम शिवम पाइप्स एण्ड फिटिङ्स तथा मेरीगोल्ड फर्निचर अन्तर्गतको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेड अगाडि बढेको छ।

कम्पनीले आगामी ३ महिनासम्मको आफ्नो कुल बिक्री रकमको १ प्रतिशत राष्ट्र पुनर्निर्माणमा समर्पण गर्ने निर्णय गरेको छ। यस निर्णयलाई राष्ट्रिय उत्तरदायित्व र ऐतिहासिक योगदानको रूपमा लिन सकिन्छ।

“हाम्रा संरचना हामी आफैँ बनाउँछौं” भन्ने नेपालको राष्ट्रिय नारालाई आत्मसात गर्दै, कम्पनीले आफ्नो उत्पादनको बिक्रीबाट प्राप्त रकमको एक अंश पुनर्निर्माणमा खर्च गर्न लागेको हो। यसमार्फत क्षतिग्रस्त संरचनाको पुनःनिर्माणसँगै देशभर आत्मनिर्भरता, एकता र सकारात्मक ऊर्जा फैलिने कम्पनीको विश्वास छ।

“यो हाम्रो देश हो, यसको सम्पत्ति र संरचना हाम्रो गौरव हो। हामी पुनर्निर्माणका हरेक प्रयासमा पूर्ण समर्पणसहित अघि बढ्न तयार छौं। यही हाम्रो दायित्व र प्रतिबद्धता हो।” निकट भविष्यमा सर्वसाधारणका लागि शेयर निष्काशन गर्ने तयारीमा रहेको लक्ष्मी टेक्नोप्लास्ट लिमिटेडले यस ऐतिहासिक कदममार्फत आफ्नो सामाजिक उत्तरदायित्वलाई अझ सशक्त तुल्याएको छ। कम्पनीका प्रबन्ध निर्देशक अञ्जनी नन्दन मारुले भनिन् ।

प्रकाशित मिति: ३ आश्विन २०८२, शुक्रबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।