सागर डिष्टिलरीको आईपीओ भर्ने आज अन्तिम दिन


काठमाडौँ । सागर डिष्टिलरी लिमिटेडले भदौ ३० गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

यसबीचमा सार्वजनिक बिदा परेपछि आवेदन दिने म्याद थपिएको थियो तर मागभन्दा बढी मात्रामा आवेदन परेकाले आज बैंकिङ समयपछि आवेदन लिने प्रक्रिया बन्द गरिने कम्पनीले जनाएको छ।

कम्पनीले सर्वसाधारणलाई ११ लाख ९० हजार ६ सय ४० कित्ता शेयर निष्काशन गरेको छ । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ।

शेयर निष्काशनको लागि मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक रहेको छ। कम्पनीले यस अघि नै वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार  १० : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।