याडिया ओविन नेपाली बजारमा सार्वजनिक  


कुजु नेपाल प्रा.लि.ले नेपालमा याडियाको नयाँ विद्युतीय स्कुटर ‘याडिया ओविन’ सार्वजनिक गरेको छ, जुन इटालियन रेट्रो–मोडर्न डिजाइनमा आधारित छ र विशेषगरी शहरी यात्राका लागि निर्माण गरिएको हो।

२८०० वाटको मोटर र ७२ भोल्टको ३० एएच ब्याट्रीसहित आएको यो स्कुटरले एकपटक चार्ज गर्दा १०५ किलोमिटरसम्म यात्रा गर्न सक्ने क्षमता राख्दछ, साथै क्रुज कन्ट्रोल र रिभर्स असिस्ट जस्ता स्मार्ट सुविधा पनि प्रदान गरिएको छ।

कम्पनीले यसको मूल्य रु. २,३५,००० तोकेको भए पनि दशैं, तिहार र छठ पर्वको अवसरमा सीमित अवधिका लागि विशेष अफर अन्तर्गत रु. २,१०,००० मा उपलब्ध गराउने घोषणा गरेको छ। लगातार ८ वर्ष विश्वकै नम्बर १ इलेक्ट्रिक टू व्हिलर ब्रान्ड बन्न सफल याडियाले नेपाली ग्राहकहरूसँग यो सफलता साझा गर्न अफर ल्याएको जनाएको छ। ३ वर्ष वा ५०,००० किलोमिटरसम्मको वारेन्टीसहित आउने यो स्कुटरले नेपाली उपभोक्तालाई वातावरणमैत्री, स्टाइलिश र प्रविधियुक्त सवारीको नयाँ अनुभव दिने कम्पनीको दाबी छ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार  १० : ४४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।