सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औषत गणना विधि खारेज


काठमाडौँ । सेयर बजारमा अन्तिम १५ मिनेटको भारित औषत गणना विधि खारेज भएको छ । नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार मंगलबारदेखि लागु हुने गरि अन्तिम १५ मिनेटको भारित औषत गणना विधि हटाइएको हो ।

गत वर्षको चैत ७ गतेदेखि लागु हुने गरेर नेप्से अन्तिम १५ मिनेटको बजार कारोबारलाई आधारित मानेर भारित औषत गणना गर्ने निर्णय गरेको थियो । जसले गर्दा बजार बिगारेको भनेर लगानीकर्ताले विरोध गरेका थिए ।

साउन १२ गते बजार बन्द भएपछि भारित औसत मूल्य गणनापछि नेप्से २ अंक घटेको देखियो । जबकि भारित औसत मूल्य गणनाअघि १० अंक बढेको थियो । पछि नेप्सेले क्षमायाचना सहित अंक सच्याएकोमा अन्ततः नेप्सेमा ७ अंकको सुधार आएको थियो ।

प्रकाशित मिति: ५ आश्विन २०८२, आइतबार  ११ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।