शिखर इन्स्योरेन्सले डाक्यो सधारणसभा, लाभांश छैन, हकप्रद र मर्जर एजेण्डा

0
Shares

शिखर इन्स्योरेन्सले साउन २८ गते मंगलबार चौधौ बार्षिक साधारण सभा आह्वान गरेको छ । अघिल्लो आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको गर्न नपाएको कम्पनीले हकप्रद र मर्जरको एजेण्डा अघि सारेको छ ।

साथै कम्पनीको साधारण सभाले ७ जना संचालक चयन गर्ने कार्यक्रम पनि रहेको छ ।

बीमा समितिले लागू गरेको एनएफआरएस प्रणाली अन्तर्गत कम्पनीले ठूलो रकम नियामकीय व्यवस्था तथा जगेडामा जम्मा गर्नुपर्ने भएपछि कम्पनीले आर्थिक वर्ष २०७४/०७५ को मुनाफाबाट कुनै पनि (बोनस वा नगद) लाभांश नपाउने भएको थियो । यसकारण कम्पनीको साधारणसभामा लाभांको कुनै प्रस्ताव छैन ।

तर कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत हकप्रद बिक्रीको प्रस्ताव साधारण सभामा लग्दैछ । साथै शिखरले अन्य कुनै संस्थासँग गाभ्ने गाभिने आवश्यक प्रक्रिया अवलम्बन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने भएको छ ।

कम्पनीले साधारण सभा प्रयोजनका लागि साउन १५ गतेदेखि शेयर धनी दाखिला बन्द गर्ने जनाएको छ ।

शिखर इन्स्योरेन्सको चुक्ता पूँजी एक अर्ब पाँच करोड तथा जगेडा कोषमा ४१ करोड ९ लाख छ सञ्चित छ ।