प्रोग्रेशिभ फाइनान्सको २४ औँ साधारण सभा आह्वान, शेयरधनीलाई छैन लाभांश-मर्जर प्राप्ती प्राथमिकतामा

0
Shares

प्रोग्रेशिभ फाइनान्स (PROFL) ले पुस २९ गते बुधबार फाइनान्सको चौबिसौँ साधारण सभा आह्वान गरेको छ । फाइनान्सको पुस ७ गते बसेको सञ्चालक समितिको बैठकले ज्यापू प्रज्ञा भवन भोलगणेश ललितपुरमा दिउँसो १ बजे सभा डाकेको हो ।

सभामा फाइनान्स र अन्य कुनै उपयुक्त वित्तीय संस्था एक आपसमा गाभ्ने।गाभिने, तथा सो सम्बन्धमा डिडिए गर्न, मूल्याङ्कनकर्ता नियुक्ती गर्ने, एक्वीजिशन सम्बन्धी समझदारी पत्र तर्जुमा गर्ने, हस्ताक्षर गर्ने लगायतका मर्जर प्राप्ती सम्बन्धी सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने लगायतका प्रस्तावहरु पारित गरिने छ ।

सभाले आव २०७६।७७ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षकको २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान सहित नगद प्रवाह र इक्वीटीमा भएको परिवर्तनहरु माथि छलफल गरी अनुमोदन गराउने लगायतका प्रस्ताव पारित गर्नेछ ।

सभाले आव २०७७।७८ का लागि लेखापरीक्षकको नियुक्ती गर्ने र पारीश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभामा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १६ पुस २०७७, बिहिबार  १० : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।