
नेप्सेमा सूचीकृत एक दर्जन कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।
आज हिमालयन डिष्टिलरी, लक्ष्मी बैंक, विजय लघुवित्त, मेरो माइक्रोफाइनान्स, लक्ष्मी लघुवित्त, बुटवल पावर कम्पनी, गुडविल फाइनान्स, पोखरा फाइनान्स, प्राइम लाईफ, सूर्या लाइफ, लक्ष्मी लघुवित्त, र छ्याङ्दी हाइड्रोपावर कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ ।
सहित १२ कम्पनीको लाभांश पाउन कारोबार समयभित्र शेयरधनी कायम भैसकेको हुनेपर्नेछ । आइतबार शेयर खरीद गर्ने लगानीकर्ताले माथिका कुनैपनि कम्पनीको लाभांश पाउँदैनन् ।
शुुक्रबार १४ कम्पनी र आइतबार एक कम्पनीले साधारण सभा र लाभांश वितरणका लागि बुकक्लोज गर्न लागेकोमा तीन कम्पनीहरु साञ्जेन जलविद्युत कम्पनी, माउन्टेन इनर्जी नेपाल, र एचआईडिसीएलले भने लाभांश वितरण नगर्ने भएका छन् । बाह्र कम्पनीहरुको आजसम्म कायम शेयरधनीले लाभांश पाउनुका साथै साधारण सभामा प्रतिनिभित्व जनाउन पनि पाउनेछन् ।
- कसको लाभांश कति, साधारण सभा कहाँ ?
लक्ष्मी बैंकः ९ प्रतिशत बोनस शेयर र २.५ प्रतिशत नगद लाभांश गरी गरी कुल ११.५ प्रतिशत
साधारण सभाः बैंकको प्रधान कार्यालय, हात्तीसार, काठमाडौँमा पुस २८ गते बिहान ११:३० बजे २० औं वार्षिक साधारण सभा आह्वान
बुकक्लोजः पुस १७ गते शुक्रबार
मेगा बैंकः १० प्रतिशत बोनस शेयर र ३.०५ प्रतिशत नगद गरी कुल १३.०५ प्रतिशत लाभांश
साधारण सभाः पुस २९ गते, बैंकको केन्द्रीय कार्यलयमा बिहान ११ः३० बजे
बुकक्लोजः पुस १७ गते शुक्रबार
हिमालयन डिष्टिलरीः ५० प्रतिशत बोनस शेयर र कर सहित ५० प्रतिशत नगद गरि कुल १०० प्रतिशत लाभांश
साधारण सभाः कम्पनीको केन्द्रीय कार्यालय, पर्सामा बीसौँ वार्षिक साधारण सभा आह्वान
बुकक्लोजः पुस १७ गते शुक्रबार
प्राइम लाइफ इन्स्योरेन्सः आर्थिक वर्ष २०७५।७६ को नाफाबाट शेयरधनीहरूलाई चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश
साधारण सभाः पुस २७ गते सोमबार, कम्पनीको प्रधान कार्यालय हात्तीसार काठमाडौंमा बिहान ११ः३० बजे तेर्हौँ वार्षिक साधारण सभा आह्वान
बुकक्लोजः पुस १७ गते शुक्रबार
सूर्या लाइफ इन्स्योरेन्सः चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर र ५.५२६ प्रतिशत नगद गरी कुल १०.५२६ प्रतिशत लाभांश
साधारण सभाः माघ ५ गते सोमबार बिहान ११ बजे होटल हैरिसन प्यालेस, बजरंगबली मार्ग विराटनगरमा १२ औं वार्षिक साधारण सभा आह्वान
बुकक्लोजः पुस १७ गतेदेखि
विजय लघुवित्तः १९ प्रतिशत बोनस शेयर र १ प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश
साधारण सभाः पुस २९ गते विजय विकास स्रोत केन्द्र, गैडाकोट ८, नवलपरासीमा बिहान ९ बजे ८औं वार्षिक साधारण सभा आह्वान
बुकक्लोजः पुस १७ गते शुक्रबार
लक्ष्मी लघुवित्तः चुक्ता पूँजीको १५ प्रतिशत बोनस शेयर र ८.१६ प्रतिशत नगद गरी कुल २३.१६ प्रतिशत लाभांश
साधारण सभाः पुस २९ गते, केन्द्रीय कार्यालय, महाराजगञ्ज, काठमाडौँमा बिहान ११ बजे नवौँ वार्षिक साधारण सभा आह्वान
बुकक्लोजः पुस १७ गते शुक्रबार
मेरो माइक्रोफाइनान्सः १६.९३९९ प्रतिशत बोनस शेयर र ०.८९१६ प्रतिशत नगद गरी कुल १७.८३१५ प्रतिशत नगद लभांश
साधारण सभाः पुस २८ गते मंगलबार होटल वाटर टावर, नुवाकोट, बट्टारमा बिहान ११ बजे आठौँ वार्षिक साधारण सभा आह्वान
बुकक्लोजः पुस १७ गते शुक्रबार
बुटवल पावर कम्पनीः १० प्रतिशत बोनस शेयर र १५ प्रतिशत नगद गरी कुल २५ प्रतिशत लाभांश
साधारण सभाः पुस २८ गते कम्पनीको रजिष्टर्ड कार्यालय, बानेश्वर, काठमाडौंमा बिहान ११ बजे २८ औं वार्षिक साधारण सभा आह्वान
बुकक्लोजः पुस १७ गते शुक्रबार
गुडविल फाइनान्सः ८.४ प्रतिशत बोनस शेयर र ३।६ प्रतिशत नगद गरी कुल १२ प्रतिशत लाभांश
साधारण सभाः पुस २९ गते होटल क्राउन इम्पेरियल, रविभवन काठमाडौँमा २६औँ वार्षिक साधारण सभा आह्वान
बुकक्लोजः पुस १७ गते शुक्रबार
पोखरा फाइनान्सः ५ प्रतिशत बोनस शेयर र ०.२६३ प्रतिशत नगद लाभांश गरी कुल ५.२६३ प्रतिशत लाभांश
साधारण सभाः पुस २९ गते दरबारथोक ब्याङ्क्वेट, पोखरा, कास्कीमा बिहान ९ बजे २४ औं वार्षिक साधारण सभा आह्वान
बुकक्लोजः पुस १७ गतेदेखि
छ्याङदी हाइड्रोपावरः ५ प्रतिशत बोनस शेयर र ०.२६ प्रतिशत नगद गरी कुल ५.२६ प्रतिशत लाभांश
साधारण सभाः पुस २७ गते सोमबार सातौँ वार्षिक साधारण सभा आह्वान
बुकक्लोजः पुस १७ गतेदेखि
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया