फुलसर्कलको आयोजना जोइन्ट पप–अप कार्निवल सम्पन्न

इन्फिनिक्स र सेन्चुरी जस्ता ठूला ब्रान्डहरुको सहभागिता


काठमाडौँ । फुलसर्कलद्धारा आयोजित जोइन्ट पप–अप कार्निवल आज सम्पन्न भएको छ । एक दिने कार्निवलले १ हजार ५ सय भन्दा बढी आगन्तुकलाई आकर्षित गरेको थियो ।

सहभागीहरुले यसलाई सामान्य पप–अप बजारभन्दा निकै फरक र अविस्मरणीय अनुभवको रुपमा प्रशंसा गरेको छ ।

सहभागीहरुले कार्निवललाई यसको विविधता र आकर्षक वातावरणका लागि सराहना गरेका छन् । हस्तकला, फेसन, खाद्य, वेलनेस र लाइफस्टाइल उत्पादनसहितका २५ भन्दा बढी स्टलदेखि लिएर गेमिङ जोन र ब्रान्ड इइन्टिभेसनसम्म, आगन्तुकहरुले यसलाई किनमेलभन्दा धेरै साँस्कृतिक उत्सवमा सहभागी भएको अनुभव गरेका हुन् ।

प्रतिस्पर्धात्मक खेल, अद्धितीय उत्पादनहरुको खोजी र ब्रान्डहरुसँगको सिर्जनात्मक अन्तरक्रियाले आगन्तुकहरुलाई अझै रमाइलो उल्लेख गरेको छ ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त ब्रान्डहरुको प्रायोजनमा विशेषगरी इन्फिनिक्स स्मार्टफोन र सेन्चुरी मसला तथा स्न्याक्स र फुलसर्कलद्धारा व्यवस्थापन गरिएको यस कार्निवलले विश्वव्यापी नवीनता र स्थानीयप उद्यमशीलताको उत्साहलाई जोडेको छ ।

यस कार्निवल केवल बजार नभई समुदाय, संस्कृति र सम्पर्कको उत्सव सावित भएको छ । विश्वव्यापी ब्रान्ड र स्थानीय व्यवसायलाई एउटै उत्सवमय छातामुनि ल्याएर, फुलसर्कलले नेपालको साँस्कृतिक र व्यवसायिक कार्यक्रमहरुको नयाँ स्तर तय गरेको छ ।

प्रकाशित मिति: ६ आश्विन २०८२, सोमबार  १७ : ३३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।