नेपाल विद्युत प्राधिकरणले आज उपत्यकाका विभिन्न स्थानहरुमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
प्राधिकरणले बानेश्वर सब स्टेसनको लोड व्यस्थापन गर्न भन्दै अहिले हरिसिद्दि फिडरमा मध्यान्न १२ः०० बजेदेखि २ः०० बजेसम्म तथा रेडियो नेपाल फिडरमा दिउँसो १२ः०० बजेदेखि ३ः०० बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको छ ।
प्राधिकरणले यसअघि बिहान ९ः०० बजेदेखि १०ः०० बजेसम्म लगनखेल वितरण केन्द्र अन्तर्गतको चापागाउँ फिडरबाट प्रवाह हुने विद्युत सेवा अवरुद्ध गरेको थियो।
यो समयमा फिडरहरु सटडाउनमा राखि कार्य गर्नुपर्ने भएकोले उक्त फिडरहरु अन्तर्गतका क्षेत्रहरुमा विद्युत सेवा अबरुद्द हुने भएकोले सो क्षेत्रका ग्राहकहरुले विद्युत उपयोग गर्न नपाउने भएका हुन् ।
प्राधिकरणले विद्युत सेवा अवरुद्ध हुँदा ग्राहक वर्गमा पर्ने असुविधाप्रति माफी माग्दै काम निर्धारित समय अगावै सकियो भने तोकिएको समयभन्दा अगाडि नै बत्ती आउनसक्ने जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया