सिभिल बैंकले “युथ म्युजिक कन्टेस्ट २०२१” को प्रायोजन गर्ने

0
Shares

दया फाउन्डेसनले नयाँ वर्षको अवसर पारेर युवाहरुलाई लक्षित गर्दै “युथ म्युजिक कन्टेस्ट २०२१” नामक साङ्गितीक प्रतिस्प्रधात्मक कार्यक्रमको आयोजन गर्दैछ जसको मुख्य प्रायोजक सिभिल बैंक लिमिटेड रहेको छ ।

यस प्रतियोगितामा आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ । प्रथम, दोश्रो तथा तेश्रो पुरस्कार २५ हजार, १० हजार र १० हजार रहेको छ ।

यस कार्यक्रममा १५ वर्ष देखी २८ वर्षसम्मका युवाहरुले सहभागी हुन पाउनेछन् । इच्छुक प्रतियोगीहरूले मोवाइल एप्लिकेशनहरु जस्तै स्टारमेकर, स्म्युल, इत्यादि अथवा आफैले वा समूहमा वाद्य यन्त्र बजाएर गाईएको गीत (अधिकतम लम्बाइ ५ मिनेट सम्मको) “युथ म्युजिक कन्टेस्ट २०२१” फेसबुक ग्रुपमा अपलोड गर्नुपर्नेछ ।

प्रतिस्पर्धीले कुनै पनि भाषाको गीत गाउन सक्ने छन् यद्दपी नेपालको विभिन्न मौलिक भाषामा गाईएका गीतलाई भने प्राथमिकता दिइनेछ ।

नयाँ प्रतिभावान युवा गायक तथा गायिकाहरुलाई प्रोत्साहन गर्न यो प्रतियोगिता आयोजना गरिएको हुनाले नवप्रतिभाहरुलाई बिशेष प्राथमिकताका साथ सहभागिताका लागि आव्हान गरिएको छ ।

पहिलो चरणको गीत अपलोड जनवरी १२ तारिक सम्म गर्नु पर्नेछ । निर्णायक मण्डलद्वारा गायकीको स्तर मापन पश्चात जनवरी १५ तारिकमा कुल २१ प्रतिस्पर्धीहरुको छनौट गरिनेछ । ती २१ प्रातिस्पर्धीहरुले दोस्रो चरणको गीत जनवरी १८ तारिक सम्म अपलोड गरिसक्नुपर्नेछ। अन्तिम चरणमा “युथ म्युजिक कन्टेस्ट २०२१” का विजेताहरूको घोषणा ७०% “युथ म्युजिक कन्टेस्ट २०२१” को फेसबुक ग्रुप मार्फत प्राप्त लाईकको आधारमा र ३०% निर्णायक मण्डलद्वारा प्रदान गरिएको अंकको भारित औसतको आधारमा गरिनेछ ।

दया फाउन्डेसनको तीन मुलभूत उद्देश्य; शिक्षा, स्वास्थ्य तथा संस्कृति मध्ये यो कार्यक्रमले नेपाली संस्कृतिलाई योगदान पु¥याउने कुरा दया फाउन्डेसनका संस्कृती क्षेत्रका संयोजक नीभा माथेमा प्रधानले बताए । हाल कोरोनाको कहरको कारणले गर्दा युवाहरु माझ ब्याप्त मानसिक तनाबलाई न्यूनिकरणका लागि पनि यो सांगीतिक कार्यक्रमको आयोजना गरिएको कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोबिन्द गुरुङले बताए ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।