नेप्सेमा सूचीकृत पाँच जीवन बीमा कम्पनीको लाभांश घोषणा, कसको कति ?

0
Shares

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत ८ जीवन बीमा कम्पनीमध्ये ५ बीमा कम्पनीले लाभांश घोषणा गरेका छन् । ती कम्पनीहरुले आर्थिक वर्ष २०७५/०७६ को नाफाबाट लाभांश घोषणा गरेका हुन् ।

जीवन बीमा कम्पनी तर्फ नेप्सेमा नयाँ बीमा कम्पनी रिलायन्स सहित आठ कम्पनी सूचीकृत रहेका छन् । ७ पुराना जीवन बीमा सूचीकृत रहेकोमा हालसम्म ५ वटाले अघिल्लो आव २०७५/७६ बाट लाभांश घोषणा गरेका हुन् । दुई कम्पनीको लाभांश घोषणा हुन बाँकी छ ।

नयाँ जीवन बीमा कम्पनी रिलायन्सले गत असार २८ गते नै आव २०७५/७६ को साधारण सभा सम्पन्न गरिसकेको छ । कम्पनीले सो आवबाट कुनै लाभांश वितरण गरेको छैन।

हालसम्म नेपाल लाइफ, एलआइसी, नेशनल लाइफ, प्राइम लाइफ र सूर्या लाइफ इन्स्योरेन्स गरी पाँच कम्पनीले लाभांश घोषणा गरेका हुन् । गुँरास लाइफ, एशियन लाइफको आव २०७५/७६ को नाफाबाट लाभाशं घोषणा हुन बाँकी छ ।

लाभांश घोषणा गरेका जीवन बीमा कम्पनीमध्ये नेपाल लाइफले सबैभन्दा बढी लाभाशं वितरण गर्ने प्रस्ताव गरेको छ । इन्स्योरेन्सले २०७५/०७६ को मुनाफाबाट ३१ प्रतिशत बोनस शेयर र २० प्रतिशत नगद लाभांश गरी कुल ५१ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनको सबैभन्दा कम १०.५२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

  • दुई कम्पनीको बुकक्लोज मिति तय

लाभांश घोषणा गरेका जीवन बीमा कम्पनीमध्ये प्राइम लाइफले पुस १७ गते शेयर दाखिला खारेजी (बुकक्लोज) मिति तोकेको छ । कम्पनीले पुस २७ गते प्रधान कार्यालयमा बिहान साढे ११ बजे साधारण सभा आह्वान गरेको छ । कम्पनीको लाभांश पुस १६ गते बिहीबारसम्म कायम शेयर लगानीकर्ताले मात्र पाउनेछन् ।

यसैगरी नेशनल लाइफले माघ २ गते शुक्रबार साधारण सभाका लागि शेयर दाखिला खारेजी (बुकक्लोज) मिति तोकेको छ । कम्पनीले माघ १५ गते बिहीबार केन्द्रीय कार्यालय लाजिम्पाटमा साढे १० बजे आह्वान गरेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।