प्रभु लाइफ इन्स्योरेन्सको २ करोड कित्ता शेयर सूचीकृत, आइतबारदेखि दोस्रो बजारमा कारोबार खुल्दै

0
Shares

प्रभु लाइफ इन्स्योरेन्सको २ करोड कित्ता शेयर शेयर नेप्सेमा शुक्रबार सूचीकृत भएको छ ।

कम्पनीले सर्वसाधारणमा जारी गरेको ६० लाख कित्ता साधारण शेयर सहित कुल २ करोड कित्ता शेयर धितोपत्र सूचीकरण विनियमावली २०७५ अनुसार सूचीकरण गराएको हो ।  कम्पनीमा ३० प्रतिशत (६० लाख कित्ता) सर्वसाधारण समुहको र ७० प्रतिशत (१ करोड ४० लाख कित्ता) संस्थापक स्वामित्व रहेको छ ।

यससँगै कम्पनीको धितोपत्रको आइतबारदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । नेप्सेले कम्पनीको शेयर कारोबारका लागि पिएलआई (PLI) कारोबार संकेत प्रदान गरेको छ । यसअनुसार अब आइतबारदेखि कम्पनीको यहि कारोबार सिम्बोलमा दोस्रो बजारमा कारोबार सुचारु हुुनेछ ।

यससँगै कम्पनीको शेयर प्राप्त गरेका ५ लाख ४० हजार जना लगानीकर्ताले आइतबारदेखि दोस्रो बजारमा शेयर बिक्री गर्न सक्नेछन् भने आईपीओ नपाउने लगानीकर्ताले दोस्रो बजार मार्फत कम्पनीको शेयर खरीद गर्न पाउनेछन् ।

काठमाण्डौं वडा नम्बर २८, कमलादीमा प्रधान कार्यालय रहेको प्रभु लाइफ इन्स्योरेन्सले प्रभु क्यापिटललाई शेयर रजिष्ट्रार (आरटिएस) चयन गरेको छ ।

  • कतिमा खुल्छ पहिलो कारोबार ?

नेप्सेले हरेक कम्पनीलाई धितोपत्रको दोस्रो बजारमा पहिलो कारोबारका लागि न्यूनतम कम्पनीको नेटवर्थ बराबर र अधिकतम नेटवर्थको तीन गुणासम्म कारोबार रेञ्ज प्रदान गर्ने गरेको छ ।

आर्थिक वर्ष २०७५।७६ को लेखापरीक्षण सम्पन्न भएको वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १०९.५६ रुपैयाँ रहेको छ ।
यसअनुसार नेप्सेले कम्पनीलाई न्यूनतम १०९.५६ रुपैयाँदेखि अधिकतम नेटवर्थको तीन गुणासम्म अर्थात ३२८.६८ रुपैयाँसम्मको पहिलो कारोबार रेञ्ज प्रदान गरेको छ ।

यसअनुसार प्रभुको पहिलो कारोबार अधिकतम रेञ्ज ३२८ रुपैयाँमा कारोबार खुल्नेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १७ पुस २०७७, शुक्रबार  १२ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।