सिभिल बैंक र किसान माइक्रोको गरी ७६ लाख कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत

0
Shares

नेपाल स्टक एक्सचेञ्जमा बुधबार सिभिल बैंक र किसान माइक्रोफाइनान्सको गरी ७६ लाख कित्ता बोनस शेयर सूचीकृत भएको छ।

नेप्सेका अनुसार सिभिल बैंकले आव २०७३र०७४ को कमाइबाट लगानीकर्तालाई वितरण गरेको ७४ लाख ४० हजार ७९३ कित्ता बोनस सूचीकृत भएको छ । त्यस्तै किसान माइक्रोफाइनान्सले वितरण गरेको १ लाख ३९ हजार ३४५ कित्ता बोनस शेयर कारोबारको लागि सूचीकृत भएको हो।

सिभिल बैंकको सूचिकृत बोनस शेयर बुधबार बाटै किनबेच गर्न सकिन्छ भने किसान माइक्रोफाइनान्सको मिर्मिरे माइक्रोफाइनान्स तथा नागबेली लघुवित्तसँग मर्जर प्रक्रियामा रहेकाले शेयर कारोबार रोक्का रहेको छ ।