राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजस्व छलि गर्ने २८ जनाविरुद्ध एक अर्ब ३२ करोड विगो मागदावी गरी उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ ।
आयोगले मोहन ट्रेड इन्टरनेशनलका राम किसोर प्रसाद लगायतले विभिन्न २६ वटा फर्मका २८ जना संचालकविरुद्ध पुस १७ गते शुक्रबार मुद्दा दायर गरेको हो ।
राम किसोर प्रसाद लगायतले कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिको नाममा दर्ता गरि उक्त सबै फर्मको बैक खाता संचालनगरी विभिन्न फर्महरुको नाममा झुठ्ठा तथा नक्कली बिक्री बीजक जारी गरी कर छली गरेको आयोगको दाबी छ ।
ती फर्महरुबाट आर्थिक वर्ष ०७१/०७२ देखि ०७४/०७५ सम्म भ्याट तथा आयकर राजस्व चुहावट गरेकोले राजस्व चुहावट गरेको आयोगले जनाएको छ । उनीहरु विरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार ४३ करोड ८१ लाख ८० हजार ३७८ भ्याट, ८६ करोड ५६ लाख १ हजार ७८५ आयकर र २ करोड ८ लाख ३० हजार ४०२ रुपैयाँ लाभांश कर गरी कुल एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ राजश्व चुहावट गरेको ठहर गरेको छ ।
आयोगले उक्त फर्महरुको मुख्य कारोवारी राम किशोर प्रसाद समेत उक्त विभिन्न फर्मका प्रोप्राईटरु २८ जनालाई राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार एक अर्ब ३२ करोड ४६ लाख १२ हजार ५६५ रुपैयाँ असुल उपर गरी जरिवाना र कैद सजाय माग दावी लिई उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरेको जनाएको छ ।
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।










प्रतिक्रिया