आईसिएफसि फाइनान्सको शेयरमूल्य समायोजन

0
Shares

आईसीएफसी फाइनान्स (ICFC) को शेयरमूल्य समायोजन भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार फाइनान्स कम्पनीको १०.५० प्रतिशत बोनस शेयरपछि मूल्य समायोजन भएको हो ।

नेप्सेले बोनसमा शेयरमूल्य समायोजनपछि कम्पनीको प्रतिकित्ता शेयरमूल्य २६२ रुपैयाँ तोकेको छ । बिहीबारको अन्तिम कारोबार मूल्य २९० रुपैयाँका आधारमा नेप्सेले मूल्य समायोजन गरेको हो ।

फाइनान्स सञ्चालक समितिको को मंसिर २१ गते, आइतबार सम्पन्न बैठकले फाइनान्सका शेयरधनीहरूलाई आर्थिक वर्ष २०७६।७७ को नाफाबाट १०.५० प्रतिशत बोनस शेयर र कर प्रयोजनका सहित ४.५० प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

लाभांश पारित गर्न फाइनान्सले पुस २९ गते १७ औं वार्षिक साधारण आह्वान गरेको छ । यक्त लाभांश साधारण सभाले अनुमोदन गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ पुस २०७७, आइतबार  १० : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।