सिद्धार्थ बैंक (SBL) ले १९ औँ वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले माघ १६ गते बिहान ११ बजे, आम्रपाली बैंक्वेटमा साधारण सभा डाकेको हो ।
साधारण सभामा बैंकले लाभांशका अतिरिक्त मर्जर तथा प्राप्तीलाई पनि विशेष प्रस्तावको रुपमा अगाडि सारेको छ ।
सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र ३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।
यसैगरी सभाबाट सिद्धार्थ बैंक र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा एक्वीजिसनमा जानको लागि सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने भएको छ ।
सभाले बैंकमा संस्थापक समूहको तर्फतबाट ३ जना र सर्वसाधारण समूहको तर्फबाट २ जना गरी ५ जना सञ्चालक निर्वाचन पनि गर्नेछ।
साधारण सभा र लाभांश प्रयोजनका लागि सिद्धार्थ बैंकले पुस २८ गते बुकक्लोज मिति तोकेको छ ।
यसअनुसार पुस २७ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश पाउन र साधारण सभामा प्रतिनिधित्व जनाउन सक्नेछन् ।
सम्बन्धीत समाचारहरु:-
- सिद्धार्थ बैंकले घोषणा गर्यो लाभांस, बोनस र नगद कति ?
- मर्जर एक्वीजिसन सम्बन्धीका खबरमा आधिकारिकता छैन – सिद्धार्थ बैंक
- सिद्धार्थ बैंकको लगानीकर्तालाई निरन्तर प्रतिफल, ३५ करोड पूँजी १८ वर्षमा पुग्यो पौने १० अर्ब
समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया