साधना लघुवित्तको पुस २९ गते साधारण सभा, १८ प्रतिशत बोनस पारित हुँदै

0
Shares

साधना लघुवित्त वित्तीय संस्था (SADBSL) ले यहि पुस २९ गते बुधबार लघुवित्तको चौँथो वार्षिक साधारण सभा डाकेको छ ।

लघुवित्तको पुस ७ गते बसेको संचालक समितिको बैठकले होटल गोरखा विसौनी गोरखामा बिहान ११ बजे सभा आह्वान गरेको हो ।
कोरोना महामारीको संक्रमणलाई ध्यानमा राखि सभा भर्चुअल माध्यमबाट हुने भएको छ ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको चुक्ता पूँजीको १८ प्रतिशत बोनस शेयर र बोनसमा लाग्ने कर प्रयोजनका लागि ०.९४७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ ।

सभाबाट सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गरिने कार्यक्रम छ ।

लघुवित्तले भविष्यमा कुनै लघुवित्त एक आपसमा गाभ्ने गाभिने तथा प्राप्ति सम्बन्धी उपयुक्त प्रस्ताव आएमा सो कार्यका लागि उपयुक्त वित्तीय पहिचान गर्ने लगायतका प्रस्ताव पारित गरिने छ ।

लाभांश वितरण प्रयाजनका लागि लघुवित्तले पुस १६ गतेदेखि बुकक्लोज गरेको छ । तसर्थ पुस १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीले मात्र लाभांश पाउन र सभामा उपस्थित हुन पाउनेछन् ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० पुस २०७७, सोमबार  ११ : १२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।