सिभिल क्यापिटलले साधारण सभा आह्वान, ५ प्रतिशत लाभांश बाँड्ने

0
Shares

सिभिल क्यापिटलले पुस २६ गते, आइतबार, सिटिसी मल, सुन्धारा, काठमाडौंमा बिहान ११ बजे बार्हौँ वार्षिक साधारण सभा आह्वान गरेको छ ।

क्यापिटलको पुस ३ गते, शुक्रबार बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा साधारण सभा डाकेको हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरेको गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट चुक्ता पूँजीको ५ प्रतिशतका दरले हुन आउने १ करोड ६ लाख २५ हजार नगद लाभांश (कर सहित) वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ । उक्त सबै लाभांश सिभिल बैंकले पाउनेछ । क्यापिटललमा बैंकको शतप्रतिशत लगानी रहेको छ ।

सभाले आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गर्ने आव २०७६/७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी पारित गर्नेछ ।

यस्तै आर्थिक वर्ष २०७७/७८ को लागि लेखापरीक्षक नियुक्ती तथा पारीश्रमिक निर्धारण गर्ने प्रसताव पनि सभामा रहेको छ ।

समग्र अर्थतन्त्र र शेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २० पुस २०७७, सोमबार  १३ : ३४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।