सुनचाँदीको मूल्य हालसम्मकै उच्च, कतिमा हुँदैछ कारोबार ?


काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य तोलामा १ हजार २०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला सुनको मूल्य २ लाख ३९ हजार २०० रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

बुधबार प्रतितोला सुनको मूल्य २ लाख ३८ हजार रुपैयाँ कायम भएको थियो ।

यसैगरी, बिहीबार चाँदीको मूल्य तोलामा ७० रुपैयाँले बढेर उच्च मूल्य कायम गरेको छ । बिहीबार चाँदी प्रतितोला ३ हजार २५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । बुधबार प्रतितोला चाँदी २ हजार ९५५ रुपैयाँमा खरिदबिक्री भएको थियो ।

नेपालमा अन्तर्राष्ट्रिय बजारका आधारमा सुनको मूल्य निर्धारण गर्ने गरिएको छ ।

बिहीबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार ०३६.५५ अमेरिकी डलर र चाँदी ४९.०७ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार  १० : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।