जेनजी आन्दोलन : २३ अर्ब २२ करोडको बिमा दाबी


काठमाडौं । गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा भएको क्षतिको बिमा दाबी रकम २३ अर्ब २२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।

बुधबारसम्म १४ वटा निर्जीवन बिमा कम्पनी र चारवटा लघु निर्जीवन बिमा कम्पनीमा कुल तीन हजार ९९ वटा बिमा दाबी परेको थियो ।

निर्जीवन बिमा कम्पनीहरूमा परेका कुल दाबी रकममध्ये बुधबारसम्म अग्रिम भुक्तानीसमेत गरी एक अर्ब २९ करोड १९ लाख भुक्तानी भएको छ ।

निर्जीवन बिमा कम्पनीहरूले क्षतिको सर्भे प्रतिवेदन तयारीका लागि बुधबारसम्म दुई हजार ७०६ को संख्यामा सर्भेयर खटाएको र हालसम्ममा सर्भेयरहरूले ३७४ को संख्यामा सर्भे प्रतिवेदन पेस गरेको जानकारी प्राधिकरणमा दिएका छन् ।गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा देशभर करिव एक खर्ब ८० अर्ब रुपैयाँ बराबरको क्षति भएको छ ।

प्रकाशित मिति: २३ आश्विन २०८२, बिहिबार  ११ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।