काठमाडौं । सेयर बजार परिसुचक नेप्से ४ प्रतिशतले बढेपछि बजार हल्ट भएको बजारमा फेरि कारोबार सुरु भएको छ । कारोबार सुरु भएको तिन मिनेटमै नेप्से १०२ अंकले बढेपछि कारोबार २० मिनेटको लागि बन्द भएको हो ।
नेप्से कारोबार प्रणाली अनुसार बजारमा ४ प्रतिशतको वृद्धि वा गिरावट आएमा पहिलो सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।
बुधबार राष्ट्र बैंकले शेयर धितो कर्जामा व्यक्तिगततर्फ लगाइएको २५ करोडको क्याप हटाएको थियो ।
साथै, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई शेयर कारोबारमा सहजीकरण समेत गरिदिएको थियो ।
जसको सकारात्मक प्रभाव देखिएको छ ।












प्रतिक्रिया