काठमाडौं । प्राइम कमर्सियल बैंकले ऋणीहरूको धितो लिलाम गर्न सात दिनको सूचना निकालेको छ ।
विभिन्न शाखा कार्यालयहरूबाट ऋण लिएपनि बैंकलाई समय समयमा बुझाउनुपर्ने सावाँ, ब्याजको किस्ता, ब्याज र हर्जना ब्याज रकम नबुझाएको बैंकले जनाएको छ ।
बैंकले नेपालगञ्ज र बालाजु शाखाबाट ऋण लिएका ८ जनाको विवरण सार्वजनिक गरेर लिलामीको सात दिने सूचना जारी गरेको हो ।
बैंकले ऋणीहरू तथा व्यक्तिगत जमानतकर्ताहरूलाई पटक पटक ऋण तिर्न मौखिक र लिखित ताकेता गरेपनि नतिरेको र वेवास्ता गरेको जनाएको छ ।












प्रतिक्रिया