काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एभरेष्ट बैंक लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।
बैंकले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि बिहीबार बुकक्लोज गरेको थियो । बैंकले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
नेप्सेले बैंकको ६ प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात बैंकको शेयरमूल्य ६७६ रुपैयाँ ४२ पैसा कारोबार भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बिहीबार, दोस्रो बजारमा कम्पनीको शेयर प्रतिकित्ता ७१७ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानी आइतबार दोस्रो बजारमा बैंकको शेयर कारोबारा खुल्नेछ।












प्रतिक्रिया